जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको खेलकुद सप्ताह -२०८० सुरु

सबिन पन्त 'पृथक' २५ माघ २०८०, बिहीबार ०८:०६ मा प्रकाशित

काठमाडौं, जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत काठमाडौ महानगरपालिका -६ शान्तिनगरस्थित ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल र बूढानीलकण्ठ - १० मिलनचोकस्थित जोसेफ हाई स्कुलमा शैक्षिक सत्र २०८० को खेलकुद सप्ताह शुरु भएको छ।


जोसेफ एजुकेसनल नेटवर्कका संस्थापक प्राचार्य सूर्यबहादुर अधिकारीले भव्य खेलकुद झाँकि, सांस्कृतिक कार्यक्रमसहित सुरु गरिएको शैक्षिक सत्र - २०८० को खेलकुद सप्ताहको उद्घाटन गरेका थिए।

उद्घाटन पश्चात् बोल्दै प्राचार्य अधिकारीले सफल खेलाडी बन्नको लागि विद्यालय तह देखिनै विद्यार्थीहरुले अनुशासन, लगनशीलता र आफुलाई हरेक तहमा विकास गर्दै लान सकेमा एक असल खेलाडी बनि विश्वसामु आफ्नो पहिचान बनाउन सकिने बताउँदै खेलाडी विद्यार्थीहरूलाई शुभकामना दिएका थिए। 

ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारीले यसबर्ष दुबै स्कुलमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म झण्डै १६५० विद्यार्थीहरुले खेलकुद सप्ताहमा सकृय सहभागी भएर सबैले अवार्ड प्राप्त गर्न सफल होउन भन्ने शुभकामना व्यक्त गरेका थिए।


उक्त अवसरमा प्राचार्य अधिकारीले हाउस क्याप्टेन, शिक्षक तथा विद्यार्थीहरुलाई हाउस झण्डा तथा खेल शिक्षकलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।


उक्त कार्यक्रममा सहायक प्राचार्य दिपक अधिकारी, ईन्चार्जहरु दुर्गा गुरुङ, स्मिता रिजाल, चाँदनी श्रेष्ठ, सीमा नगरकोटी, सुमित्रा अधिकारी सहित सम्पुर्ण शिक्षकशिक्षिकालगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

बार्षिक खेलकुद कार्यक्रम एकहप्ता संचालन भएर २४ वटा खेलकुदमा प्रतिस्पर्धा हुने र एक हजार छ सय पचास विद्यार्थी सहभागी हुने प्राचार्य मनोज अधिकारीले एचटिभी खबरलाई बताए।