एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

HTV Khabar १३ भाद्र २०८०, बुधवार ०५:२५ मा प्रकाशित

एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ।

पाकिस्तानले १२४ रन बनाउँदा आगा सलमान ५ रन बनाएर आउट भए। २७ ओभर ५ बलमा सन्दीप लामिछानेको बलमा उनी क्याच आउट भएका हुन्। कुशल भुर्तेलले उनको क्याच लिए।

यसअघि मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए भने ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन्।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिएका छन्।