काठमाडौं, हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका -६, जुरीखेतस्थित सडकमा आईतवार साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। मृतकहरूको सनाखत हुन बाँकी छ।
प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। तीनजनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।