काठमाडौं, नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बसेको बैठकले आईतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट आईतवार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो।काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ।
यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो।डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।