एनडिए डान्सिङ आईडल सम्पन्न

सबिन पन्त 'पृथक' ७ श्रावण २०८१, सोमबार ०३:२७ मा प्रकाशित

काठमाडौं, एनडिए डान्सिङ आईडल सम्पन्न भएको छ। गुरु पुर्णिमाको अवसरमा नेशनल डाईनामिक आर्ट्सद्वारा सञ्चालित एनडिए डान्स स्टुडियोको आयोजना कार्यक्रम गरिएको हो।

एनडिए डान्स स्टुडियोका नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक संघ केन्द्रिय सचिव एवं सञ्चारकर्मी ऋषी केश श्रेष्ठ, केन्द्रिय सहकोषाध्यक्ष केशव कोईरालाको उपस्थिति रहेको थियो।

त्यस्तै जुगल नवगुरुकुलका प्रिन्सिपल रुपक लामिछाने, नृत्य निर्देशक कृष्ण रसाल, नृत्य निर्देशक संघ नेपाल काठमाडौंका उपाध्यक्ष छिरिङ लामा, भक्तपुर का नि. अध्यक्ष चुडामणी फुयाल, गोकर्णेश्वर नगरका अध्यक्ष बाबु सेञ्चुरी र एस्ट्रो बोईजका टिम मेम्बरहरुको बिशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।

कोरियोग्राफर तथा मोडल दिलु सुनार र कार्टुन क्रिउका टिम मेम्बर सफल बस्नेत निर्णायकको भुमिकामा रहेको प्रतियोगितामा जुनियर र सिनियर तर्फबाट ३ दर्जन विद्यार्थीले सहभागी जनाएका थिए। 

जसमा सिनियर तर्फबाट प्रथम आकृती श्रेष्ठ, द्वितीय रिदिमा लामा, तृतीय साल्मली मगर, चौथो क्यारल परियार र पाँचौ स्थान याना श्रेष्ठले हात पार्न सफल भए। साथै उत्कृष्ट भेषभुषा तर्फ कृदन पराजुली र अनुशासित पुरस्कार नमुना बस्नेतले प्राप्त गरेका थिए।

जुनियर तर्फ भने प्रथम स्थानमा बिनिशा मगर, द्वितीय सुप्रिया आचार्य, तृतीय ईभा राई, चौथो आदिती राई र पाचौं स्थान दिक्षा सिं ठकुरीले जित्न सफल भए भने उत्कृष्ट भेषभुषा तर्फ आयुष्मा लगुन र अनुशासित तर्फ उप्सना कटुवाल विजयी भए।

कार्यक्रमका विशिष्ट अतिथीहरुले विजेताहरुलाई ट्रफी, मेडल, प्रमाण पत्र र ताज पहिर्‍याएर बधाई दिनुका साथै संस्थाको तर्फबाट प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३ महिना, २ महिना र १ महिनाको छात्रवृत्ति प्रदान गरिने अध्यक्ष देवराज गुरुङले जानकारी गराए।

अध्यक्ष देवराज गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपाली लोकनृत्य र बे्रकिङ नृत्यका आधारभुत तह पार गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नृत्य प्रशिक्षक आयुषा श्रेष्ठ, समृद्धी पन्त, बिपिन तामाङ र निर्जला राईलाई पनि मायाको चिनो द्वारा सम्मान गरिएको थियो।

कार्यक्रम सफल बनाउन नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष सरस्वती पोखरेलले ट्रफी सहयोग गरेकी थिइन्।