साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच खेल हुँदै

HTV Khabar २१ फाल्गुन २०८०, सोमबार ०७:५४ मा प्रकाशित

काठमाडौं, साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र भुटान बीच  खेल हुँदैछ।


ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ। यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्। भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो।


यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन्। प्रतियोगितामा मङ्गलवार भारत र बंगलादेश खेल्दै छन् भने विहिवार नेपाल र भारत तथा शुक्रवार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ। त्यसपछि शीर्ष २ देशले आईतवार फाइनल खेल्ने तालिका रहेको छ।