काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-१२ कपन खरिबोट हुँदै जगडोल जाने सडक स्थानीयले बन्द गरिदिएका छन्।
खरिबोट हुँदै जगडोल जाने मुल सडक लामो समयदेखि ठेक्का भएर पनि पिच नभई अलपत्र पारी माटो कटान गरिबेचबिखन गरि ठेकदार सम्पर्क बिहिन रहेकोले स्थानीय टोलबासी र टोलसुधारद्वारा बन्द गरिएको हो।
स्थानीयले उक्त सडक स्थानीय निकाय, सांसद कार्यलय र सडक डिभिजनमा समेत पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको र त्यही सडकबाट सवारीसाधन सञ्चालन हुँदा माटो धुलो उडेर स्थानीयबासीको स्वास्थ्यमा गम्भीर असर परिरहेकोले आजित भएर सडक बन्द गर्न बाध्य भएको स्थानीय मुकुन्द भट्टराईले एचटिभी खबरलाई बताए।
बिगतमा पनि खानेपानी, मेलम्ची लगायतका कार्यालयमा पनि तालाबन्दी गरेपछि मात्रै काम सम्पन्न भएको नजिर रहेकोले यसरी स्थानीयबासीको जीवन रक्षाको लागि यस्तो कार्य गर्नुपरेको र यसबाट सर्वसाधारणको लागि पर्नजाने असुविधाको लागी क्षमाप्रार्थी रहेको गणेश खड्काले बताए।