काठमाडौं, फास्ट फुड एसोसिएसन नेपालद्वारा आयोजना गरिएको प्रथम फुटसल कप –२०८२ मा मकालु किड्स विजयी भएको छ।
संस्थाका अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षता तथा बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ की वडाध्यक्ष समाजसेवी सुमित्रा त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक सुरेश कार्कीले संयोजन गरेका थिए।
यस फुटसल कपमा निम्न ७ वटा टिमहरूको सहभागिता रहेको थियो।
१. सगरमाथा स्ट्राइकर्स
२. धौलागिरी योद्धा
३. मकालु किङ्स
४. मनास्लु लेजेन्ड्स
५. हिमचुली टाइगर्स
६. गणेश हिमाल वारियर्स
७. लाङटाङ किकर्स
रोमाञ्चक रूपमा सञ्चालन भएको खेलका क्रममा कडा प्रतिस्पर्धासहित मकालु किङ्स प्रथम स्थान, गणेश हिमाल वारियर्स दोस्रो स्थान, लाङटाङ किकर्स तेस्रो स्थान प्राप्त गरेका थिए भने सान्त्वना पुरस्कार स्थान धौलागिरी योद्धा ले हासिल गरेका छन्।
विजेता टोलीलाई कप, मेडल तथा प्रमाणपत्रसहित नगद रु. ३०,००० (तीस हजार), दोस्रो हुने टोलीलाई कप, मेडल तथा प्रमाणपत्रसहित नगद रु. २०,००० (बीस हजार), तेस्रो हुने टोलीलाई कप, मेडल तथा प्रमाणपत्रसहित नगद रु. १०,००० (दस हजार) तथा सान्त्वना टोलीलाई नगद रु. ५,००० (पाँच हजार) प्रदान गरिएको थियो।
उक्त प्रतियोगितामा सहयोगी संस्थाका रूपमा गोरखा ब्रुअरी प्रा.लि., ग्रीन एग्रो नेपाल, होटल स्मार्ट दरबार, ग्लोबल ट्रेडिङ कम्पनी लिमिटेड, समृद्धि ग्रुप, सवारी सेवा नेपाल लगायतको उल्लेखनीय सहयोग रहेको थियो।
खेलप्रेमीहरूको उत्साहजनक सहभागितासहित राजधानीका विभिन्न एरिया वाइज टिमहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मर्यादित, अनुशासित तथा स्वस्थ खेल वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रममा निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष ताराराम श्रेष्ठ, पूर्व अध्यक्षहरू फडिन्द्र बहादुर श्रेष्ठ, धन बहादुर श्रेष्ठ, केशर बहादुर श्रेष्ठ लगायत सल्लाहकारहरु, लिला बहादुर श्रेष्ठ, मित्रलाल थोकर हरि बहादुर श्रेष्ठ नविन , विष्णु कुमार श्रेष्ठ संस्थाको वर्तमान तथा पूर्व कार्यसमिति पदाधिकारी सदस्यहरू, सामाजिक अगुवा, पेशा–व्यवसायी, उद्यमी, पत्रकार, रेफ्री ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधि, अतिथिगण, दर्शक तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थाले विभिन्न कार्ययोजनाअन्तर्गत “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” तथा “स्वास्थ्यसँग फास्ट फुड” भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त प्रथम फुटसल कप सूर्य फुटसल, धुम्बाराही हाइटमा सफलतापूर्वक सम्पन्न भएको छ। फास्टफुड एसोसिएसनका महासचिव राकेश श्रेष्ठले एचटिभी खबरलाई बताए।
महासचिव श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने व्यवस्थापन टिम, कार्यक्रम संयोजक सुरेश कार्की, समिति, एरिया इन्चार्जहरू, पदाधिकारी, सदस्यहरू, काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, आबद्ध व्यवसायी, पत्रकार लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।