काठमाडौं, अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर वर्मा काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत उपविदेशमन्त्री वर्मा काठमाडौं आइपुगेका जनाएको हो।
व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको अमेरिकी दूतावासले जनाएको छ। उपविदेशमन्त्री वर्मालाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका हुन्। भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ।
उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ। नेपालमा उपविदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ।