कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुई शिक्षक पक्राउ

HTV Khabar १८ वैशाख २०८१, मङ्गलबार ०७:१९ मा प्रकाशित

कास्की, कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन्।

पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेको आरोप छ।

उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।दुवै जना सोही विद्यालयका शिक्षक हुन्। पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।