काठमाडौंस्थित अमेरिकी दूतावासका भिसा सम्बन्धी आजका अपोइन्टमेन्टहरु रद्द

HTV Khabar २३ भाद्र २०८२, मङ्गलबार ०९:४६ मा प्रकाशित

काठमाडाैं,  काठमाडाैंस्थित अमेरिकी दूतावासले भिसा सम्बन्धी अन्तर्वार्तालगायतका सबै कन्सुलर सेवा आजका लागि रद्द गरेको छ।

प्रशासनले जारी गरेको कर्फ्र्यू आदेशलाई मध्यनजर गर्दै दूतावासले दूतावासका सबै कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू आज बाँकी दिनका लागि रद्द गरेको हो।

दूतावासले सूचना जारी गर्दै आज रद्द भएका अपोइन्टमेन्टहरु सबै आवेदकहरूले कुनै अतिरिक्त शुल्क बिना पुनः लिन सक्ने जनाएको छ।