पाँच लाख घुस लिने बाराका वडाध्यक्ष अख्तियारकाे फन्दामा

HTV Khabar ४ पौष २०८०, मङ्गलबार ०९:३६ मा प्रकाशित

काठमाडौं, पाँच लाख रुपैयाँ घुससहित बाराका एक वडाअध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई घुससहित नियन्त्रणमा लिएको हाे।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।