युरोपेली च्याम्पियन्स लिग फुटबलमा समूह ‘एच’ मा रहेको स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ। गएराति भएको खेलमा युक्रेनी क्लब सख्तर डोनेस्कलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो।
बार्सिलोनाका फेरान टोरेस र फिरमिनले एक’एक गोल गरेका थिए मने सख्तर डोनेस्कका होरोइ सुडोकोभले एक गोल फर्काएका थिए।
बार्सिलोनाका टोरेसले खेलको २८औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए भने ३६औँ मिनेटमा फेरमिनले गोल गर्दै खेललाई २–० को अवस्थामा पुर्याएका थिए। यस्तै, ६२औँ मिनेटमा सख्तरका सुडोकोभले एक गोल फर्काएका थिए।
त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा बार्सिलोना २–१ गोलले विजयी भयो। यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकका साथ सहूको शीर्षस्थानमा रहेको छ। यसैगरी, पोर्टो ६ अंकसहित दोस्रो, सख्तर तीनअंकसहित तेस्रो र रोयल एन्टवार्प बिना अंक पुछारमा छ।