काठमाडौं, बिसु कुमार केसीकी नेतृत्वमा नेपाली लेखक संघ काठमाडौं अघि बढ्ने भएको छ। गत शनिवार पद्मकन्या कलेज बागबजारमा भएको संघको दोस्रो अधिवेशनले विसुकुमार केसीलाई अध्यक्षमा चयन गरेको हो। केसीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
पद्मकन्या क्याम्पसमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौं जिल्ला कार्यसमिति देश भरीको नमुना र उत्कृष्ठ ढंगले कामगर्न सुझाएका थिए। पार्टीले आगामी दिनमा संघलाई आवश्यक साथ सहयोग गर्ने थापाले प्रतिवद्धता जनाएका थिए।
संघका केन्द्रीय सहअध्यक्ष रत्नमणी नेपालले विगतमा अलमलियको र सक्रिय ढंगले काम नगरेको भन्दै नयाँ समितिले लेखक संघ पनि छ भनेर सबैको चासो हुने खालका काम गर्न सुझाएका थिए। आवश्यक पर्दा केन्द्रीय कमिटीबाट सहजिकरण गर्ने भन्दै आगामी दिनमा सकृय ढंगले अघि बढ्न कार्यसमितिलाई निर्देशन गरेका थिए।
अध्यक्ष :
विसुकुमार केसी
उपाध्यक्षः
जनार्दन अधिकारी
विमुन्स पौडेल
सचिवः
गणेश भट्ट अणु
सहसचिवः
माधव बिडारी
पार्वती अधिकारी
कोषाध्यक्षः
सुशीला पौडेल
सदस्यहरूः
सुधा बास्कोटा
जगदिश्वर पोखरेल
पुनम घिमिरे
सुस्मिरा अर्याल
शोभा खरेल उप्रेती
हिरा परियार
विनोदकुमार दहाल
पुर्णिमा प्रतिविम्व
नव निर्वाचित अध्यक्ष केसीले आगामी दिनमा काठमाडौं भित्रका पाँच वटै भेगलाई समेटेर टिमलाई अझ प्रभावकारी ढंगले बढाउने बताए। आफ्नो नेतृत्वमा रहेको टिमले सबै खालका लेखक र यस प्रति रुचि भएकाहरुलाई समेटेर अघि बढ्ने योजना रहेको भन्दै सबै मिलेर अगाडी बढ्ने धारणा राखेका थिए।