चरिकोट, नेकपा एकीकृत समाजवादी दोलखाको १०औं अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले भिमप्रसाद दाहालको अध्यक्षतामा ९१ सदस्यीय नयाँ जिल्ला संगठन कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।
नव निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा अशोक कुमार दाहाल र संगिता पाख्रीन सचिव मोहन थापा, उपसचिवमा प्रकाश कुमार केसी, बैकुण्ठ भण्डारी, ताम प्रसाद आपागाई निर्वाचित भएका छन्।
नेकपा समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता तथा नेकपा एस दोलखाका अध्यक्ष भीमप्रसाद दहालको अध्यक्षतामा मंसिर ३० र पौष १ गते दुई दिनसम्म अधिवेशन चलेको थियो।
उद्घाटन समारोहमा उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर,बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल,केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, पोलिट्व्युरो सदस्य शिवप्रसाद भण्डारी, केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने, महेन्द्र बहादुर कार्की, लगायतका नेताहरु, प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवं बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए।
नेकपा एस दोलखाको जिल्ला अधिवेशन सुरु हुनु अघि सदरमुकाम चरिकोटमा र्याली गरिएको थियो। जिल्ला पार्टी कार्यालयवाट सुरु भएको र्याली बजार परिक्रमा गरी सिमपानी हलमा पुगेर सभामा परिणत भएको थियो।
अधिवेशनमा १० हजार बढी नागरिकलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको र जिल्ला कमिटी पदाधिकारी लगायत जिल्ला कमिटी सदस्यमा युवाको बहुमत रहने हिसाबले कमिटी गठन गरिएको नेकपा एस दोलखाका युवा नेता एवं युवा संघ नेपालका केन्द्रिय सदस्य विशाल काफ्ले खत्रीले एचटिभी खबरलाई बताएका छन्।
लामो समय देखि कम्युनिस्ट राजनीतिमा सक्रिय युवानेता काफ्ले राजनैतिक रूपमा युवा नेत्री रामकुमारी झाक्रीसंग निकट रहेका छन्।