बूढानीलकण्ठ ८ मा महिलालाई ठक्कर दिएर फरार ट्याक्सी पक्राउ, महिलाको निधन

सबिन पन्त 'पृथक' १५ कार्तिक २०८०, बुधवार ०७:१५ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ -८ साप्रेढुङ्गास्थित सडक किनारमा केही दिनअघि महिलालाई ठक्कर दिई वेवारिसे अवस्थामा छाडेर भागेको ट्याक्सी र त्यसका चालकलाई कपन प्रहरीले पक्राउ गरेको छ।

उक्त दुर्घटनाको जानकारी हुनेबित्तिकै प्रहरी प्रभाग कपनको टोली घटनास्थल पुगेर महिलालाई  करुणा अस्पताल पुर्‍याएको थियो। उपचाररत महिलाको कार्तिक १३ गते बेलुका ८:०० निधन भएको कपन प्रहरीले जनाएको छ। 

कपन प्रहरीले तदरुकताका साथ अनुसन्धान अगाडी बढाई खोजतलास गर्दा उक्त दुर्घटना गराउने ट्याक्सी बूढानीलकण्ठ १३ को वडा कार्यालय अगाडी फेला परेको थियो। उक्त ट्याक्सीका चालक गोरखा जिल्ला घर भइ हाल बूढानीलकण्ठ -१३ चुनिखेल बस्ने वर्ष ४० को इन्द्रबहादुर बोगटीले भएको खुलेको पछि प्रहरीले ट्याक्सी र चालक दुवैलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडी बढाएको छ। 

उक्त दुर्घटनामा घाइते महिला बूढानीलकण्ठ -९ मण्डिकाटार बस्ने वर्ष ६३ कि शान्ता अधिकारी भएको पत्ता लागेको थियो। हाल ट्याक्सी कपन प्रहरी प्रभागमा छ भने चालकलाई कार्वाहीको लागि मुद्दा दर्ता गरि प्रहरी वृत्त बौद्धमा राखिएको छ।