काठमाडौं, जेनजी अभियन्ता मिराज ढुंगानाको काठमाडौंस्थित कार्यालयमा बुधवार साँझ आक्रमण भएको छ। साँझ करिब ६ बजे अपरिचित समूह कार्यालयमा छिरेर अभियन्ताहरूलाई लक्षित गर्दै दुर्व्यवहार तथा हातपात गरेको हो। ढुंगानाका अनुसार महिलाहरू माथि पनि हातपात भएको छ।
ढुंगानाले घटनाको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो। हाम्रा महिला साथिहरूमाथि हातपात भयो। हामीलाई के गर्न खोज्नुभएको हो ?’