काठमाडौं, नव जागृती माध्यमिक विद्यालयमा काठमाडौं महानगरपालिका वडा नं.६ को आयोजना अटिजम सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ।
जीवन मन्त्र नेपालको संयोजनमा आयोजित प्रशिक्षण कक्षामा विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए। उक्त कक्षालाई अचित्रा थिङ, आरति रन्जित र सानिया कार्कीले सहजीकरण गरेका थिए।
प्रशिक्षणमा विद्यार्थीहरुलाई अटिजम भनेको के हो? बालबालिकामा यो कसरी हुन्छ ? यसका लक्षणहरु के कस्ता हुन्छन् ? बालबालिकामा अटिजम देखापरे कसरी रोकथाम गर्न सकिन्छ जस्ता अत्यन्तै जीवनोपयोगी सचेतना दिईएको थियो।
विद्यार्थीहरु उत्सुकताका साथ प्रशिक्षणमा सहभागी भएका थिए। आफ्नो घरपरिवार छरछिमेक समाजमा जतैपनि बालबालिकामा अटिजम देखापर्न सक्ने भएकोले प्रशिक्षण प्रभावकारी भएको विद्यार्थीले बताए।