आजदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदै

HTV Khabar ३० भाद्र २०८१, आइतबार ०९:१७ मा प्रकाशित

काठमाडौं, नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ। यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए।

‘अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ’, केसीले भने, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् ।’सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो।