सडकमा उत्रन युवाहरूलाई ओलीको निर्देशन

HTV Khabar २३ कार्तिक २०८२, आइतबार ०७:३५ मा प्रकाशित

काठमाडौ,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन्।

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन्।

‘प्रशासनलाई जानकारी दिनुस्। लुकेर गर्नुपर्ने छैन। हामीले यसरी गर्दैछौं स्वीकृति दिनुहोस् भन्नुहोस्’ ओलीले भने, ‘स्वीकृत दिनुहुन्न भने स्वीकृति चाहिन्न सडकमा उत्रनुुस्। संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन।’