साढे १९ खर्ब हाराहारीको बजेट ल्याइँदै

HTV Khabar १३ जेठ २०८१, आइतबार ११:३२ मा प्रकाशित

काठमाडौं, सरकारले आगामी आर्थिक वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट बनाउँदै छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्बको बजेट सिलिङ तोकिदिए पनि त्यसभन्दा ठूलो आकारको बजेटको तयारी अर्थ मन्त्रालयले गरिरहेको हो।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनामा तोकिएअनुसार साढे १९ खर्ब हाराहारीको बजेटको तयारी भएको मन्त्रालय स्रोतले बतायो। मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ४९ अर्ब ५० करोडको हुनुपर्ने उल्लेख गरेको छ।