बौद्धका डीएसपी जयश्वर रिमाल श्रावण महिनाको उत्कृष्ट प्रहरीद्वारा सम्मानित

HTV Khabar २ भाद्र २०८२, मङ्गलबार ०५:२६ मा प्रकाशित

काठमाडौं, प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले श्रावण महिनाको उत्कृष्ट प्रहरी भन्ने सम्मान प्राप्त गरेका छन्।

प्रहरी संगठनबाट आफुलाई प्राप्त जिम्मेवारी व्यवसायिक निष्ठा, सांगठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन एवं अपराध अनुसन्धान र प्रहरी कामकारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरीकका माझमा नेपाल प्रहरीको छवि उँचो राख्ने र सांगठनिक श्रीवृद्धिको कार्यमा तपाईले पुऱ्याउनु भएको योदानको उच्च कदर गर्दै २०८२ साल श्रावण महिनाको "Best Police of the Month" को रुपमा प्रशंसा पत्र प्रदान गरिएको हो ।