बूढानीलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै नगर क्षेत्र भित्रका उपभोक्ता समिती, संघ संस्था, सहकारी तथा सामुदायिक संस्थाहरुलाई वार्षिक योजना तथा कार्यक्रम बजेटमा समावेस गराउन अनुरोध गरेको छ।
नगरपालिकाले आफ्ना योजना तथा कार्यक्रमहरु बैशाख मसान्त भित्र नगरपालिकामा पेस गर्न अनुरोध गर्दै बजेटमा समावेस नगरी हुने गतिविधिहरुमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २५ (३ ) अनुसार रोक लगाइने जानकारी दिएको छ।