काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको कन्भेन्सन भव्यताका साथ ऐतिहासिक रूपमा सम्पन्न गर्नका लागि आजबाट तयारी शुरु गरिएको छ।
लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा यही चैत्र २४ गते पोखरामा हुन लागेको कन्भेन्सनको तयारीलाई तिब्रता दिदै आज पोखरामा सचिवालय उद्घाटन गरिएको हो। कन्भेनर ठाकुरप्रसाद अधिकारीका अनुसार डिष्ट्रिक्ट ३२५ 'एम' नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले सचिवालयको उद्घाटन गरेका हुन्।
डिष्ट्रिक्टका सिनियर लिडर किशोर बराल, दिनबन्धु पौडेल, ई.रामचन्द्र पोखरेल, कुलचन्द्र शर्मा, तारा गिरी, क्लबका पूर्व अध्यक्ष देवी तिमिल्सिना, इलेक्ट अध्यक्ष लेखबहादुर के.सी. लगायतको उपस्थितिमा पोखराको जिरो किलोस्थित लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको सभाहलमा सचिवालय उद्घाटन गरिएको हो।