काठमाडौं, आज बसेको मन्त्रीपरिषद् बैठकमा निम्न निर्णयहरु भएका छन्। न्यायको विधेयक संधीय सांसद समक्ष पेश गर्न स्वकृति दिने,
- संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संसोधन गर्न बनेको विधेयक,
- खानी तथा खनिज पर्दा सम्बन्धी संसोधन गर्न बनेको विधेयक,
- सङ्क्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेस गर्न स्वीकृति दिएको,
- राजधानी ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक,
- मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक,
- बालश्रम निषेध तथा नियन्त्रण सम्बन्धी विधेयक,
- आन्तरिक, बाह्य सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्ने विधेयक,
- मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संसोधन गर्नु पर्ने विधेयक,
- आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,
-कर्मचारी सञ्चय कोष ऐन पनि संसद्मा पेस गर्न स्वीकृति दिएको,अर्थमन्त्रालयबाट
- सम्पत्ति सुधिकरण अनुसन्धानबिय विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने,
भूमि मन्त्रालयबाट
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने।
शिक्षा मन्त्रालयबाट
- प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने।