काठमाडौं, औषधी व्यवस्था ऐनको दुईवटा उपदफा खारेज गर्न माग गर्दै देशैभरका औषधी व्यवसायी आन्दोलित भएका छन्।
व्यवसायीले औषधी ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ खारेजीको माग गर्दै आज देशैभरका औषधी पसल एक घण्टा बन्द गर्दै छन्। औषधी व्यवसायीलेहरुले आईतवार बिहान ११ बजेदेखि एक देशैभरका औषधी पसल बन्द गर्दै औषधी व्यवस्था विभागमा धर्ना दिँदै छन्।
देशैभरका सबै आयात, थोक र खुद्रा व्यवसायीहरुले विभागको केन्द्रीय, शाखा तथा सम्बन्धित निकायमा धर्ना दिइरहेको पनि औषधी व्यवसायी संघले जानकारी दिएको छ।