काठमाडौं, दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेका हुन्।
घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन। घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए। नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उनले ज्यान जोगाएको प्रहरी स्रोतले जनाएको छ।
घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ।त्यस विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।