वीर अस्पतालको अपरेशन थिएटर बाहिर चिकित्सकमाथि हातपात

HTV Khabar २६ माघ २०८१, शनिबार १०:३७ मा प्रकाशित

काठमाडौं, वीर अस्पतालको अपरेशन थिएटर बाहिर चिकित्सकमाथि हातपात भएको छ।

अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अस्पतालको शल्यक्रिया कक्षमा शुक्रवार चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको बताए।

निर्देशक पौडेलका शल्यक्रियाको ड्युटीमा रहेका सेवामा ग्यास्ट्रो सर्जन डा.शरद पोख्रेल र सानुमाया मगर लगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।