धनुषा, प्रहरीले धनुषाबाट हुन्डीको नगद सहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सितामढी घर भएका २५ वर्षीय रन्धिर ठाकुर छन्। जनकपुर उपमहानगरपालिका–६ डोम्बाबारीमा ठाकुरले बोकेको झोला चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेद प्रसाद गौतमले बताए। आरोपीले नगदको स्रोत खुलाउन सकेका छैनन्। आरोपीबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए।