आन्तरिक राजस्वको ताकेताः व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू

HTV Khabar १२ असार २०८१, मङ्गलबार १२:२१ मा प्रकाशित

काठमाडौं, आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न ताकेता गरेको छ।

आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेअनुसार सोही अनुसार गर्न सचेत गराएको हो।

जसअनुसार कुनै पनि व्यक्तिले व्यावासायिक कारोबार वापत प्राप्त रकम नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन। यसो गरे प्रत्यक पटकको अनुमगनमा ५ हजार रुपैयाँ वा कुल रकमको २ प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम जरिवाना हुनेछ।