सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता

HTV Khabar २७ फाल्गुन २०८०, आइतबार ०४:०७ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए।कांग्रेसको यसअघिका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि उक्त पद रिक्त थियो।


कांग्रेस माओवादी गठबन्धन रहँदा सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनावमा सहभागी भएका थिए। तर गठबन्धन टुटेपछि कांग्रेससँग राष्ट्रियसभा अध्यक्ष जित्न बहुमत पुग्दैन।