लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ 'के' को तेस्रो गभर्नर बन्दै नीरा बज्राचार्य

सबिन पन्त 'पृथक' २५ फाल्गुन २०८०, शुक्रबार ०७:४४ मा प्रकाशित

काठमाडौं, नीरा बज्राचार्य लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'के' को तेस्रो गभर्नर बन्ने भएकी छन्। फागुन २३ गते भएको कार्यक्रम बीच बज्राचार्यले गभर्नरको लागि उम्मेद्वारी दर्ता गरेकी हुन्। 


हाल लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'के' को फर्स्ट भिडिजी रहेकी लायन्स क्लब अफ काठमाडौं टेम्पल सिटिकि पूर्व अध्यक्ष नीरा बज्राचार्यले गभर्नरको पदमा उम्मेद्वारी दिएकी हुन्। 


लायन्स क्लबमा अत्यन्तै जुझारु र कर्तव्यनिष्ट लिडरको रूपमा आफ्नो छबि उच्च बनाएकी बज्राचार्यको साथमा योग्य र शक्तिशाली पिल्लरका रूपमा दुई लायन्स युवा लिडरहरु लायन्स क्लब अफ पोखरा पिस चौतारीका दुर्गाप्रसाद हुमागाईं र लायन्स क्लब अफ काठमाडौं मनमैजुका रमेश अधिकारी  रहेकाछन्। 

यही चैत १७ गते हुनलागेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'के' को तेस्रो डिष्ट्रिक्ट कन्भेन्सनमा हाल सेकेन्ड भिडिजी रहेका  दुर्गाप्रसाद हुमागाईंले फर्स्ट भिडिजी र रमेश अधिकारीले सेकेन्ड भिडिजीको लागि उम्मेद्वारी प्रस्तुत गरेकाछन्। 


नेपाली लायन्स क्लबको इतिहासमा नेपाललाई विश्वसामु प्रख्यात गराउन अत्यन्तै महत्त्वपूर्ण भूमिका निभाउन सफल व्यक्तित्व ईन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी अभिभावकका रूपमा रहेको कारणपनि  डिष्ट्रिक्ट ३२५ 'के' नेपालमा भएका १५ वटा डिष्ट्रिक्ट मध्ये नै विशेष मानिन्छ। 


ईन्टरनेशनल डाइरेक्टर बुर्लाकोटीको छत्रछायामा रहेको डिष्ट्रिक्टको गभर्नर जस्तो गरिमामय पदमा आसिन हुनपाउनु आफूले अतिनै भाग्यमानी महसुस गरेको नीरा बज्राचार्यले एचटिभी खबरलाई बताइन्। आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थ भन्दापनि समाजसेवालाई सर्वोपरि ठान्दै आएकी बज्राचार्यको अहिलेको ७५ % समय परोपकारमा बित्दै आएको छ। 


आफूलाई पारिवारिक भन्दापनि बाह्य सेवामा समय व्यतीत गर्दापनि केही नभनी हरदम साथ दिने श्रीमान रविन्द्रबहादुर बज्राचार्य प्रति नतमस्तक रहेको बताउँदै पतिवारका हरेक सदस्यले सामाजिक काममा सधैं हौसला दिएकोमा खुशी व्यक्त गरिन।


सहिलाई सहि र गलतलाई गलत भन्नसक्ने सामर्थ्य भएकी खरो स्वभावकि धनी नीरा बज्राचार्यले आगामी लायन वर्षको २०२४/२५ का लागि १९ वटा कार्ययोजना लिएर आएकीछन्। जसलाई पूर्ण कार्यान्वयन गरि विश्वकै नम्बर १ डिष्ट्रिक्ट बनाउने लक्ष्य लिएको उनलेे बताइन्।