काठमाडौं, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय नै संसद् विघटन भन्ने गरेकी छन्।
पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग सम्बोधन गरेकी हुन्। उनले संसद् विघटनको सिफारिस आफूले गरेको र राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको पनि जानकारी दिइन्।
'भरखर आएका छौँ। अब भोलि पर्सि बसेर सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्छौँ। ३-४ दिनको मेहनतबाट आफूले भनेजस्तो भएको हो,' कार्कीले भनिन्,' सदन विघटन भइसक्यो - विघटन भनेर राष्ट्रपतिले हस्ताक्षर गरिसक्नु भएको छ। मैले सिफारिस गरेँ उहाँले स्वीकार गरी हस्ताक्षर गर्नुभयो।'