गायक राजु अर्यालको स्वरमा ‘बेहुली’सार्वजनिक

HTV Khabar २ पौष २०८१, मङ्गलबार ०९:२९ मा प्रकाशित

काठमाडौं, गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ को भिडियो सलिना अफिसियल म्युजिकको युटुव मार्फत सार्वजनिक भएको छ ।

गीतमा एक नारीले जिवनमा प्रेममा गरेको सधर्षलाई समेटिएको छ। प्रेममा रहेका मायालु जोडिहरु विचको चित्कार र वेदनालाई गीतमा समेटिएको छ। मायामा पाउँनु भन्दा वाध्यतामा डोली चढ्न बाध्य प्रेमिकाको जिवन भोगाईलाई गीतमा मौलिक ढंगबाट चित्रण गरिएको छ।

कमल बस्यालको शब्द तथा राजु अर्यालको संगीत एवम कृष्ण बिकको संगीत संयोजनमा गीत तयार गरिएको छ। अभय चौधरी को छायाँकन , नविन धर्तिमगरको सम्पादन तथा कमल भक्तको कथा लेखन तथा निर्देशनमा भिडियो तयार गरिएको हो। गीतको भिडियोमा कमल भक्त, वर्षा भण्डारी र दिलीप सिंहको अभिनय देख्न सकिन्छ।