काठमाडौं, महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बडालले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए। भदौ २४ गतेबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ। नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन्।