हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

HTV Khabar ५ भाद्र २०८२, शुक्रबार ०८:०६ मा प्रकाशित

काठमाडौं,  १४ लाख १३ हजार ५ सय रुपैयाँसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ परेका छन्।


पक्राउ पर्नेमा वीरगञ्जको घुसुकपुरका ३९ वर्षीय संजय साह र बाराका ४१ वर्षीय शनि कुमार ठाकुर छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो।

विहीवार दिउँसो वीरगञ्जबाट बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। स्रोत खुल्न नसकेको उक्त रकम उनीहरुले हुण्डी कारोबारको रुपमा प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ। उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।