काठमाडौं, नेपाल रग्बी संघको आयोजनामा फागुन ६ गते देखि १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा 'फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ खेल हुनेभएको छ।
रग्बी संघका महासचिव गोविन्द घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका हुन्।
प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको भएका छन्।
उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र नेपाल प्रहरी खेलकुद क्लब बीच हुनेभएको छ। दोस्रो खेलमा एपीएफ क्लब नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता फागुन ६ गते, ९ गते र १२ गते राउन्ड रोविन लिगका आधारमारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई संघले यस वर्षदेखि रनिङ ट्रफी प्रदान गर्न लागेको संघका अध्यक्ष दीपक देवकोटाले बताए।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्ने र साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछ।
नेपाल रग्बी संघले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौं सस्करण हो। यसअघिको चारवटै संस्करणमा त्रिभुवन आर्मी क्लब विजयी भएको थियो।
सहभागी टिमलाई रग्वी प्रशिक्षक विजेलाश सनले एक महिना अघि देखिनै प्रशिक्षण गरिरहेको पत्रकार सम्मेलनमा बताइयो।
रग्बी संघका कोषाध्यक्ष जे.बि.दीपक अधिकारीले प्रतियोगितामा ५ विदेशी राख्न पाउने र त्यसमा एक पटकमा ३ खेलाडी मैदान प्रवेश गर्न पाउने नियम बनाइएको बताए। पत्रकार सम्मेलनमा सहभागि चारवटै टोलीले तयारी गरेको बताएका थिए।
प्रतियोगितापछि राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताए। उनका अनुसार नेपालले बंगलादेशसंग रग्बी १५ को दुई देशीय प्रतियोगिता खेल्न नेपाल निम्त्याउन लागिएको छ। सो प्रतियोगिता आगामी बैशाख महिनामा गर्ने योजना बनाइएको उनले बताए।