जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

HTV Khabar २४ कार्तिक २०८१, शनिबार ११:४६ मा प्रकाशित

काठमाडौं,  जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ। विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।जजिराले अब मंगलवार, विहिवार र शनिवार  नियमित उडान गर्ने तय भएको छ।