काठमाडौं, नेकपा एमालेको नगर अधिवेशन गर्ने सबैतिर लहर चलेको छ यद्यपि अधिवेशन सम्पन्न गर्नेमा उपत्यकामा नै बूढानीलकण्ठ नगर पहिलो हुनेभएको छ।
एमाले बूढानीलकण्ठ नगर अधिवेशनको चर्चा चुलिएसंगै अध्यक्ष लगायत विभिन्न पदमा आकांक्षा राख्नेहरुको लर्को देखिन थालिएको छ भने उनीहरुको चाहानासहित पदको बार्गेनिङ गर्दै तस्वीर सामाजिक सञ्जाल फेसबूकको भित्तामा भाइरल बनाउने कार्य भइरहेको छ।
कोहि कोहीले चर्चित बन्न सामाजिक सञ्जाल फेसबूकको प्रयोग गरेर लबिङ गरिरहे पनि यथार्थ भने बिल्कुलै फरक रहेको एचटिभी खबरलाई जानकारी प्राप्त भएको छ।
यही चैत्र १६ बूढानीलकण्ठ नगरपालिकाको कपनस्थित निर्मानाधिन ह्यान्डबलको मैदानमा समुद्घाटन हुने नगर अधिवेशनमा अहिले सामाजिक सञ्जालमा छरिईरहेका अनुहार र तस्वीरहरु बिलाउने निश्चित छ। कार्य सम्पादन र पार्टी संगठन सुदृढ बनाउन अहम भूमिका खेलेका र स्थानीय निर्वाचनमा एमालेका उम्मेद्वारहरुलाई विजयी बनाउन सफल वर्तमानका अध्यक्ष र सचीवको नै पून: जिम्मेवारी दोहिरिने निश्चित छ।
चैत्र १७ गते शनिवार सुकुन्दा पार्टी प्यालेसमा हुने बन्द सत्रमा पार्टीको उच्च नेतृत्वमा रहेका नेतागणले र कार्यकर्ताले यदि वास्तविक मूल्यांकन गर्ने हो भने अध्यक्षमा प्रदीप डङ्गोल र सचीवमा श्रीकृष्ण श्रेष्ठले पून: जिम्मेवारी पाउने निश्चित रहेको छ। अन्य पदाधिकारीहरुमा भने आन्तरिक सहमतिमा हुने देखिन्छ।