पेट्रोल र डिजेल दुवैको मूल्यमा भारी गिरावट

HTV Khabar ३० भाद्र २०८१, आइतबार ०९:११ मा प्रकाशित

काठमाडौं, पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ। नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो। 

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।