कागेश्वरी मनोहरा नगरपालिका को प्रधानमन्त्री रोजगार कार्यक्रमना सहभागी हुन आवेदन दिने सम्बन्धि सूचना

सबिन पन्त 'पृथक' २९ माघ २०८०, सोमबार ०५:०७ मा प्रकाशित

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहने बेरोजगार व्यक्तिहरुको लागि लक्षित गरि यो सूचना प्रकाशित गरेको छ।


प्रधानमन्त्री रोजगार कार्यक्रमले "श्रमको सम्मान, राष्ट्रको अभियान " सम्बन्धि रणनीति २०७८ मा उल्लेख भएका कार्यनीति र कार्यक्रम सञ्चालनका लागि स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा "न्यूनतम रोजगार, नागरिकको अधिकार" सम्बन्धि सञ्चार अभियान सञ्चालन गरिरहेको छ। 


सोही अभियान सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न विभिन्न रोजगारमूलक तालीम लिन ईच्छुक (१८ देखि ५९ वर्ष उमेर समूह)का सामाजिक, आर्थिक अवसरबाट बन्चित महिला, जनजाति, आदिवासी, दलित, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका बेरोजगार व्यक्तिहरुले आफू स्थायी रूपमा बसोबास गरेको वडा कार्यालयमा उपस्थित भई फागुन मसान्तसम्म आवेदन दिनहुन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।