सेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब

HTV Khabar २८ जेठ २०८१, सोमबार ०३:४३ मा प्रकाशित

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.९० अंकले बढेको छ।  नेप्से ०.४२ प्रतिशतले बढेर बढेर २०८२.०९ विन्दु कायम भएको छ। नेप्से बढेसँगै करिब साढे ५ अर्बको कारोबार भएको छ। 

सोमबार बजार बन्द हुँदासम्म ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक किनबेच भएको छ। 

आज ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। 

आज फ्लोट इन्डेक्स ०.८६ अंकले, सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३७ अंकले बढेको छ।

सोमवार १३ वटा समूहमध्ये ७ वटा समूहको नेप्से बढेको छ भने ६ वटा समूहको नेप्से घटेको छ। आज सबैभन्दा बढी निर्जीवन बीमा १३४.८८ अंकले बढेको छ। आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ५१.१६ अंकले घटेको छ। 

कुथेली बुखारी साना जलविद्युत, त्रिशूली जलविद्युत, पीपुल्स पावर र मोलुङ जलविद्युतको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।