काठमाडौं, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका भोलानाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
बुधवार जंगी अड्डा, भद्रकालीमा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सहायक रथी थापा नेपाल सरकारको मिति २०८२ भाद्र ९ गतेको मितिबाट उपरथी पदमा पदोन्नति भएका थिए। पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।