काठमाडौं, सशस्त्र प्रहरी बलका नवनियुक्त डीआईजी मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो।
सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन्।सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र नायव उपरीक्षक पदमा विशेष बढुवा भएका अधिकृतहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।