कतार एयरवेजले भोलिदेखि भैरहवाबाट दैनिक उडान गर्ने

HTV Khabar २६ कार्तिक २०८१, सोमबार १२:४९ मा प्रकाशित

काठमाडौं,  कतार एयरवेजले भोलिदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।नागरिक उड्डयन प्राधिकरणकाअनुसार कतारले सातामा सातैवटा उडान गर्न लागेको हो।

यो वायुसेवाले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।