एसीसी यु–१९ एसिया क्रिकेट : आज दुई खेल हुँदै

HTV Khabar २३ मंगशिर २०८०, शनिबार १०:३३ मा प्रकाशित
काठमाडौं, एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी खेलमा आज समूह ‘बी’ अन्तर्गत यूएई र बंगलादेश तथा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुँदैछ।


दुवै खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे यूएईको दुबईमा सुरु हुनेछन्। ८ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान छन्। समूह  ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।


समूह ‘ए’ मा रहेका टोलीले एक – खेल खेलिसकेका छन्। हिजो भएको खेलमा खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए।


नेपालले भोलि अफगानिस्तानसँग र मङ्गलवार भारतसँग खेल्नेछ। प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।