काठमाडौं, फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगमका एक जना अधिकृतलाई पक्राउ गरेको छ।
भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो।
भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको थियो।यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी संचालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।