जोसेफ कलेजले कक्षा एघारका विद्यार्थीलाई ऐतिहासिक कार्यक्रम गरेर स्वागत गर्‍यो

सबिन पन्त 'पृथक' २० श्रावण २०८१, आइतबार ०७:१५ मा प्रकाशित

काठमाडौं, जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गतको जोसेफ कलेजले एसईई उत्तीर्ण गरेर कक्षा एघारमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई भव्यरुपमा स्वागत गरेको छ। 

सधैंका वर्षमा रौनकपूर्ण कार्यक्रम गरि विद्यार्थीहरुलाई स्वागत गर्दै आएको जोसेफ कलेजले यस वर्ष भने अत्यन्तै फरक रूपमा आयोजना गरेको स्वागत कार्यक्रम ऐतिहासिक बनेको छ। 

प्रत्येक वर्ष राजनीतिज्ञ विशेष गरि जन प्रतिनिधिहरुलाई निमन्त्रणा गरेर उनीहरुको उपस्थितिमा गर्व गर्दै स्वागत कार्यक्रम आयोजना गरिआएको जोसेफ कलेजले यस वर्ष भने त्यो सबै कटौती गरेर ज्ञान् तथा शिक्षा क्षेत्रसंग नै सम्बन्धित व्यक्तिहरुको सहभागितामा ऐतिहासिक कार्यक्रम आयोजना गरेको हो।

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याबसन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको प्रमुख आतिथ्यतामा चाबहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित कार्यक्रम अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट बनेको छ। 

जोसेफ एडुकेशनल नेटवर्कका अध्यक्ष तथा जोसेफ कलेजका प्राचार्य सूर्यबहादुर अधिकारीले उपस्थित अतिथिहरु लगायत कलेजमा कक्षा एघारमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई सार्गभिक मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए। 

प्राचार्य अधिकारीले व्यवसायीक रूपमा नाफा कमाउने उदेश्यले मात्रै कलेज नखोलिएको बरु देशको शिक्षाको विकासमा योगदान पुर्‍याउने पवित्र उदेश्य लिएर कलेज स्थापना गरिएको हुँदा जसरी विद्यार्थीको उन्नयन हुन्छ त्यो सबै कार्य गर्ने तथा कलेजमा सबै किसिमका सेवा र सुविधा उपलब्ध गराउन लागीपर्ने प्रतिबद्धता जनाएका थिए। २०० जना विद्यार्थीको सिट क्षमता रहेकोमा करिब त्यसको नजिकै पुगेको र अब केही सिट मात्रै बाँकी रहेको पनि उनले बताए।

अतिथि, विद्यार्थी, अभिभावक र कलेजका कर्मचारी गरेर करिब तीनसय जनाको उपस्थिति रहेको कार्यक्रममा मोटिभेस्नल स्पिकर तथा काउन्सिलर डा.रविन कटुवालले रौनकता थप्दै अत्यन्तै जीवनोपयोगी र व्यवहारमुखी ज्ञान् प्रदान गरेका थिए। उनको प्रशिक्षण कार्यबाट धेरै विद्यार्थीहरु प्रभावित भएर जीवनमा असल मार्गमा लाग्ने अठोट गरेका थिए। 

जोसेफ कलेजका नेपाली शिक्षक गोपि सापकोटाले उत्कृष्ट रूपमा सञ्चालन गरेको कार्यक्रममा बाल लोकगायिका रविना बसेला आफ्नो गीति प्रस्तुतिले सबैलाई छमछमी नचाउन सफल भएकी थिइन्। त्यस्तै गायिका हेमन्ता भट्टराईले पनि आफ्नो प्रस्तुति दिएकी थिइन्। 

प्रमुख अतिथि हमालले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो एसईई पछिको शिक्षाको लागि जोसेफ कलेज छानेकोमा बधाई दिदै तीनवटा अत्यन्तै महत्त्वपूर्ण कुरा बताएका थिए। 

कार्यक्रममा विदेशी प्रोफेसर डा.बन्दना सिंह, मिस्टर माईकको बिशेष आतिथ्यता र नेशनल प्याब्सनका पूर्व केन्द्रिय कोषाध्यक्ष कुमार भट्टराई, एचटिभी खबरका प्रधान सम्पादक सबिन पन्त 'पृथक'को आतिथ्यता र उपस्थितिमा जोसेफ कलेजको कार्यक्रम साच्चिकै ऐतिहासिक साथै भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।