पेस्तोल ताकेका लुटेरालाई प्रतिकार गर्दै लखेट्ने महिलालाई आईजीपीले गरे सम्मान

HTV Khabar २३ वैशाख २०८३, बिहीबार ०६:२० मा प्रकाशित

काठमाडौं,  इन्द्रचोकमा पेस्तोल ताक्दै लुट्न खोज्ने समूहलाई प्रतिकार गरेर भगाउने महिलालाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्मान गरेका छन्।

आईजीपी कार्कीले नैना एण्ड इशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका हुन्। प्रहरी प्रधान कार्यालयमा विहीवार आयोजित विशेष कार्यक्रम बीच कार्कीले उनलाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन्।

काठमाडौं महानगरपालिका–२४ इन्द्रचोक तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्न खाजेका थिए। तर शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्‍वास तथा निर्वाह गरेको नागरिक दायित्वको कदर गर्दै सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ।