काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरूसँग भेटवार्ता गरेका छन्।
ऊर्जामन्त्री घिसिङको सचिवालयका अनुसार, भेटका क्रममा उनीहरूले घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ। यसअघि उनीहरूले संघीय संसद् भवन र मन्त्री क्वार्टरको पनि अनुगमन गरेका थिए।